मोहम्मद आमिन हालवाई – नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत एक युवतीको हत्या भएको छ। प्रहरीका अनुसार सो हत्या युवतीकै प्रेमीले गरेका हुन्।
हत्या गरेपछि आरोपी युवक आफैं जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेका थिए र आफूले अपराध गरेको स्वीकार गर्दै आत्मसमर्पण गरेका छन्। प्रहरीका अनुसार युवकलाई तत्काल नियन्त्रणमा लिई हिरासतमा राखिएको छ।
मृतक युवतीको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यम बहादुर बुढाले जानकारी गराउनु भएको छ।