
नेपालगञ्ज । हजरत इमाम हुसैन (अ.स.) तथा करबलाका शहीदहरूको सम्झनामा नेपालगञ्जको जैशपुरमा निकालिएको जुलुस–ए–चेहल्लुम श्रद्धा, अनुशासन तथा आदब–ओ–एहतरामका साथ शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

चेहल्लुमको अवसरमा सहभागी श्रद्धालुहरूले करबलाका शहीदहरूको बलिदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। जुलुसमा सहभागीहरू अनुशासित र व्यवस्थित रूपमा सहभागी भएका थिए।

जुलुसलाई सुरक्षित, शान्तिपूर्ण तथा व्यवस्थित बनाउन नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। प्रहरीको सुरक्षा व्यवस्थापन तथा आयोजकहरूको समन्वयका कारण सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।
करबलाको सन्देश—सत्य, न्याय, धैर्य र मानवताको बाटोमा अघि बढ्ने प्रेरणा।