दाङमा ट्रक–कार ठोक्किँदा दुर्घटना, चालक घाइते

मो मोहसिन हलवाई समिर — आज दिउँसो दाङ जिल्लाको लमही नगरपालिका–७ बन्भुसरी क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।

प्राप्त जानकारी अनुसार ट्रकको नम्बर खुल्न नसकेको अवस्थामा कार लुम्बिनी प्रदेश (००१च४४८२) सँग चक्का जुध्दा दुर्घटना भएको हो। दुर्घटनामा कार चालक घाइते भएका छन्।

घाइते चालकलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ भने घटनाबारे अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *