३६औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशन सम्पन्न, प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा

मो. मुबश्शिर कैयूम  नेपालगञ्ज:
आज शनिवार साउन १७ गते बाँके युनेस्को क्लबको ३६औं वार्षिक साधारणसभा तथा स्थापना दिवस एवं ११औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा मिना भुषाल, मिना चौधरी, भावुकजंग थापा, शोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्विरोध निर्वाचित हुनुभएको छ।

संस्थाको दीर्घकालीन योगदानलाई सुदृढ बनाउँदै सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको क्लबले जनाएको छ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *