
मो मोहसिन हलवाई समिर
नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूलाई लक्षित गर्दै महत्वपूर्ण निर्देशन जारी गरेको छ। अभिभावकबाट बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्दा आर्थिक भार बढेको गुनासो आएपछि उपमहानगरपालिकाले यस्तो निर्णय लिएको हो।
जारी सूचनाअनुसार अब लागू भइसकेका पाठ्यपुस्तकहरू कम्तीमा ३बर्ष सम्म परिवर्तन गर्न नपाईने व्यवस्था गरिएको छ। यदि ३ वर्षपछि कुनै कारणवश पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा विद्यालयहरूले शिक्षा ,युवा तथा खेलकुद अनिवार्य रुपमा पुर्व स्वीकृति लिनु पर्ने जनाएको छ।
उपमहानगरपालिकाले अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गर्ने विद्यालयहरूलाई कनुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।
यस निर्णयले अभिभावकको आर्थिक भार घटाउनुका साथै विद्यालयहरूले अनावश्यक रूपमा पुस्तक परिवर्तन गर्ने प्रवृत्तिमा नियन्त्रण आउने अपेक्षा गरिएको छ।
यो निर्देशन नेपालगञ्ज उपमहानगरपालिका भित्रका सबै संस्था बिद्यालयहरुमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिस्टले जानकारी गराउनु भयो।