
मो.मुबश्शिर कैयूम नेपालगञ्ज: जेठ ३० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ।
महाधिवेशनबाट डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका छन्।
उपाध्यक्षमा विकास श्रेष्ठ र अन्जना सिवाकोटी निर्वाचित भएका छन्।
महासचिवमा दिपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन्।
सचिवहरूमा:
१)आकास घर्ती
२)ई. रचना सापकोटा
३)समिम बाबु खान
४)अधिवक्ता गोपाल नेपाल निर्वाचित भएका छन्।
विभिन्न आयोग अध्यक्षहरूमा:

१)प्रकाश विष्ट
२)अन्जली लम्साल
३)सुमन घिमिरे
४)जित प्रसाद सिटौला निर्वाचित भएका छन्।
त्यसैगरी:
लुम्बिनी प्रदेशबाट सर्वाधिक १४० मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित वर्षा मल्ल।

महाधिवेशनमार्फत निर्वाचित भएको यो नेतृत्वले अनेरास्ववियुलाई संगठनात्मक रूपले अझ सुदृढ बनाउँदै विद्यार्थी अधिकारका सवालमा सशक्त ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।
