बर्दियामा मानबबेचबिखन बिरुद्ध सन्देश दिन डिजिटल बोर्ड स्थापना

गगा कुमारी पुन
नेपालगन्ज, असार १२ । सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले बर्दियाको जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना गरिएको छ ।
बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले रिबन काटेर उक्त बोर्डको औपचारिक उदघाटन गर्नुभएको थियो । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सो डिजिटल बोर्ड स्थापना गरिएको क्लबका उप निर्देशक गोबिन्द लामिछानेले बताउनुभयो ।
उदघाटन कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी कठायतले यस्तो सन्देशमूलक श्रव्य–दृश्य सामग्रीले सेवाग्राहीहरूलाई सुरक्षित आप्रवासन सम्बन्धी महत्वपूर्ण जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।
साथै उहाँले बाँके युनेस्को क्लबद्वारा मानब बेचबिखन बिरुद्ध सञ्चालन गरिएका अभियानहरूको प्रशंसा गर्दै आगामी दिनमा जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर विकले गर्नु भएको थियो भने कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिमल गुरुङ, धनीराम शर्मा, कम्प्युटर अपरेटर विजय कुमार मल्ल, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
बाँके युनेस्को क्लबले ‘सुरक्षा परियोजना’ मार्फत बर्दियाका राजापुर र मधुवन नगरपालिका क्षेत्रलाई लक्षित गरी मानब बेचबिखन तथा ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *