कबाडको तस्करी बढ्दै


मोहम्मद आमिन हलवाई
नेपालगञ्ज उपमहानगरपालिका–१५ अन्तर्गत पर्ने पिप्रहवा गाउँ हुँदै अवैध रूपमा कबाडको तस्करी भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार भारतसँग जोडिएको खुला सीमाको फाइदा उठाउँदै केही व्यक्तिहरूले राति र दिनको समयमा कबाड सामग्री साईकल दुराआ ओसारपसार गर्ने गरेका छन्।
तस्करीका कारण स्थानीय बासिन्दामा सुरक्षा र वातावरणीय समस्या बढ्दै गएको छ। अवैध रूपमा संकलन गरिएको फलाम, प्लास्टिक, तारलगायतका कबाड सामग्री सवारी साधनमार्फत सीमापार गरिने गरिएको स्थानीयको गुनासो छ।
स्थानीयले सम्बन्धित निकाय र सुरक्षा निकायलाई पटक–पटक जानकारी गराउँदा पनि प्रभावकारी नियन्त्रण हुन नसकेको बताएका छन्। उनीहरूले कबाड तस्करी तत्काल रोक्न कडा निगरानी र आवश्यक कारबाही गर्न माग गरेका छन्।
फोटो — मुन्ना काजी

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *