मो. मुबश्शिर कैयूम, नेपालगञ्ज: महिलाहरूमा देखा पर्ने प्राणघातक रोग पाठेघरको क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ।
उक्त शिविरमा महिला, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ डा. इन्द्रनील घोषले सेवा प्रदान गर्ने छन्। उहाँ हाल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बाँकेमा कार्यरत हुनुहुन्छ।
शिविर २०८२ साल श्रावण १७ गते शनिबार, कोहलपुर–४, मदनचोकस्थित कौशल मेडिकल हलमा सञ्चालन गरिनेछ। कार्यक्रममा पाठेघरको क्यान्सरसँग सम्बन्धित निःशुल्क जाँच र परामर्श सेवा उपलब्ध गराइनेछ।
नोट: शिविरमा जाँच तथा परामर्श सेवा निःशुल्क हुनेछ।
शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई कौशल मेडिकल हलमा सम्पर्क गर्न अनुरोध गरिएको छ।