बाँके क्षेत्र नं. २ बाट मुस्लिम युवा अजिज मलिकको नाम सिफारिस

बाँके, नेपालगञ्ज –  जनता समाजवादी पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. २ बाट मुस्लिम युवा अजिज मलिकको नाम सिफारिस गर्दै युवा नेतृत्वलाई निर्णायक रूपमा अघि सारेको छ। पार्टी जिल्ला समिति बाँकेको बैठकले मलिकलाई सर्वसम्मत रूपमा सिफारिस गर्दै केन्द्रीय नेतृत्वमा नाम पठाएको हो।

पार्टी स्रोतका अनुसार मलिक जनतासँग जोडिएको, गरिब गुर्बाको साथ र सपोर्टमा सधै अगाडि युवा नेता समाजसेवि संघर्षशील र परिवर्तनकारी युवा नेताका रूपमा परिचित छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ निवासी मलिक राजनीति, समाजसेवा, तथा पैसा लेखा परिक्षकमा समयदेखि सक्रिय रहँदै आएका छन्। युवामाझ उनको बलियो पकड, निरन्तर जनसम्पर्क र मैदानमै आधारित राजनीतिक अभ्यास नै सिफारिसको प्रमुख आधार बनेको पार्टीको दाबी छ।

पार्टीभित्र पुराना ढर्रा तोड्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बहस तीव्र भइरहेका बेला मलिकको सिफारिसलाई बाँके–२ मा पुस्तान्तरणको स्पष्ट सन्देशका रूपमा हेरिएको छ। बेरोजगारी, शिक्षा, खेलकुद, सामाजिक न्याय र सुशासनका मुद्दामा उनी स्पष्ट र व्यवहारिक धारणा राख्ने नेताका रूपमा चिनिन्छन्।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *