मो मोहसिन हलवाई:समिर
राष्ट्रिय मुस्लिम युवा संघ नेपालको आयोजनामा बाँके जिल्लामा दोस्रो T-10 राष्ट्रिय कालीन नाइट क्रिकेट प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ स्थित चौलिकब्बा क्रिकेट ग्राउण्डमा सञ्चालन हुने उक्त प्रतियोगिता बैशाख १० गते, २०८३ देखि सुरु हुने आयोजकले जनाएको छ।
उक्त प्रतियोगितामा विभिन्न स्थानबाट सहभागी टिमहरूको उपस्थिति रहनेछ। प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदको विकास गर्नुका साथै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउँदै सामाजिक एकता मजबुत बनाउनु रहेको बताइएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। साथै कार्यक्रम सफल बनाउन स्थानीय तह, विभिन्न संघ–संस्था तथा खेलप्रेमीहरूको उल्लेखनीय सहयोग रहने विश्वास गरिएको आयोजकले जनाएको छ।