स्कुलले पोशाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन् ।

नेपालगन्ज , नेपालगन्जका बोर्डिङ स्कुलमा नयाँ शैक्षिक शत्रमा पनि कमिसन मोह देखिएको छ । यिनै स्कुलले पोशाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन् । लाखौं कमिसनको चक्करमा स्कुलले अभिभावकलाई सिमापारी पठाउने गरेका हुन् । बिद्यार्थीलाई स्कुलको पोशाक उपलब्ध गराउन नेपालगन्जमा करिव १० औ पसल सञ्चालनमा छन् ।यहाँका नाम चलेका बोर्डिङ स्कुलले रुपैडिहामा रहेको ‘अग्रवाल ड्रेसेस’ सँगको सेटिङमा बिद्यार्थीका पोशाकउपलब्ध गराउन नेपालगन्जमा करिव १०औ पसल सञ्चालनमा छन् ।

यहाँका नाम चलेका बोर्डिङ स्कुलले रुपैडिहामा रहेको ‘अग्रवाल ड्रेसेस’ सँगको सेटिङमा बिद्यार्थीका पोशाक किन्न सिमापारी पठाउने गरेका हुन् । अभिभावक भन्छन्, ‘नेपालगन्जमै ड्रेस तयार गर्ने पसलहरु छन्, तर स्कुलले हामीलाई रुपैडिहामा रहेको अग्रवालको भिजिटिङ कार्ड दिएर रुपैडिहा पठाउँछन् ।’
अभिभावकलाई सिमापारी पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कुनैपनि निकायले कारबाही गरेको छैन । स्कुलको यस्तो आतंक रोक्न राज्यका सबै निकाय मौन देखिन्छन् । नेपालगन्ज उद्योग वाणिज्य संघ पनि तैचुप मैचुप भएको छ । स्कुलले अभिभावकलाई त्यसरी सिमापारी पठाउँदा दैनिक लाखौ रुपैयाँ भन्सार राजश्व गुमिरहेको छ, भने करोडौं नेपाली रुपैयाँ विदेशमा गइरहेको छ ।
नेपाल सरकारलाई राजश्व तिरेर सञ्चालित यहाँका पसललाई भने टिक्नै मुस्किल परेको छ । नेपालगन्जस्थित इनोभेटिभ युनिफर्मका सञ्चालक रेणु भण्डारीले पोशाक बिक्री हुने सिजन चलेपनि ब्यापार त्यति राम्रो नभएको बताइन् । ‘काम गर्ने सिजन यही हो, तर ब्यापार त्यति सन्तोषजनक नै छैन,’ रेणुले भनिन् । यो समाचारका लागि रिर्पोटिङ गर्न नेपालगन्जका पोशाक पसलमा संवाददाता पुग्दा अधिकांस पसल यो सिजनका बेलामा पनि प्रायः सुनसान देखिन्थ्ये, भने रुपैडिहाको ‘अग्रवाल ड्रेसेस’ पसलमा पुग्दा त्यहाँ नेपाली बिद्यार्थी र अभिभावकको भिडले खुट्टा टेक्ने ठाउँ पनि थिएन ।
नेपालगन्जस्थित आर्दश युनिफर्मका सञ्चालक चन्द्र श्रेष्ठ पनि आफु कहाँ बिद्यार्थी पोशाकको काम छिटपुट रुपमा मात्रै आउने गरेको सुनाउँछन् । उनी भन्छन्, ‘प्रायः स्कुलले पोशाक किन्न रुपैडिहा पठाउँछन्, हामी कहाँ आउने भनेको त फाट्टफुट्ट काम मात्रै हो ।’ श्रेष्ठले कुनैबेला करिव १२ वटा स्कुलका हजारौं बिद्यार्थीलाई पोशाक पुर्याउने गरेपनि अहिले ब्यापार कम भएको छ ।
‘रुपैडिहाको अग्रवाल ड्रेसेसले नेपालगन्जका स्कुललाई कमिसन दिइरहेको छ, हामीले स्कुललाई कमिसन दिएर काम गर्न सक्दैनौं, किनकी हाम्रो लागत खर्च बढी आउँछ,’ श्रेष्ठ भन्छन् ‘अभिभावकले पोशाकको क्वालिटी हेर्दैनन्, नेपालगन्जको भन्दा थोरै सस्तो मुल्यमा दिए जस्तो गरेर अग्रवालले अभिभावकलाई मुर्ख बनाईरहेको छ ।’
अर्डर गरेको पोशाक समेत बिक्री नहुँदा धेरै पटक नेपाली ब्यापारीले आफ्नो लगानी डुबाएका छन् । बिद्यार्थी तथा अभिभावकलाई पोशाक किन्न रुपैडिहा पठाउनेमा नेपालगन्जका ठुला र नाम चलेका बोर्डिङ स्कुल रहेका छन् । कतिपय स्कुलले अभिभावकलाई सिधैं नपठाएपनि प्रिन्सिपल, डिसिपिलिन इन्चार्ज जस्ता जिम्मेवार कर्मचारीलाई प्रभावमा पारेर अग्रवालले आफुतिर आर्कषण गरेको बताइन्छ । अग्रवालले नेपालगन्जका हरेक स्कुलका गेट-गेटमा समेत आफ्ना मान्छेहरुका साथै पम्प्लेट पनि ठाउँ ठाउँमा पठाउनका साथै टसिने गरेको छ ।
अग्रवालले नेपालगन्जका स्कुलमै पुगेर सञ्चालकलाई पोशाक वापतको कमिसन बुझाउने गरेको स्रोतको दावी छ । भविष्यका कर्णधार भनिने बालबालिकालाई नेपालगन्जका केही स्कुलले सानै उमेरबाट राजश्व छल्न र तस्करी गर्न सिकाइरहेका छन् । रुपैडिहाबाट त्यसरी अभिभावक र बिद्यार्थीले ल्याउने पोशाक तस्करी भएर आउँदा सरकारलाई पनि राजश्व घाटा भइरहेको छ । नेपालगन्जका स्कुलमा ‘अग्रवाल ड्रेसेस’ को यतिसम्म ‘दवदवा’ छ कि प्रत्येक दिन कुनै न कुनै स्कुलमा कमिसनको डिल गर्न प्रतिनिधि पुग्छन् । कमिसनको डिल हरेक वर्षको वार्षिक परिक्षा सुरु नहुँदै यहाँका स्कुलमा सुरु हुन्छ, त्यसपछि एक वर्षसम्म चलिरहन्छ ।
कतिपय स्कुलले भने अग्रवालका प्रतिनिधिलाई आफ्नो गेटभित्र प्रवेश गर्न दिदैनन् । ‘अग्रवालले एउटा स्कुललाई दिनमा दश पटक फोन गर्छ, यतिसम्म की स्कुलमै आएर उसले ड्रेसबाट कति प्रतिशत कमिसन लिनुहुन्छ ? भन्दै पैसाको डिल गर्न खोज्छ,’ एक स्कुलका प्रिन्सिपलले भने ‘हामी कहाँ आउँछु भनेर धेरै पटक फोन गर्यो, मैले गेटबाट भित्र छिर्न दिइन, धेरै पटक गाली खाएपछि पछिल्लो समयमा फोन गर्न छाडेको छ ।’
ति प्रिन्सिपलले अरु स्कुलको जस्तो आफुले आफ्ना अभिभावक र बिद्यार्थीलाई कहिल्यै रुपैडिहा नपठाएको दाबी गरे । ‘हाम्रा अभिभावकले नेपालगन्जकै युनिफर्म लिन्छन्, अभिभावक र बिद्यार्थीलाई हामी राजश्व छल्न त्यसरी रुपैडिहा पठाउँदैनौं,’ उनले भने ‘जसले बढी आर्दशवादी र ठुला गफ गर्छन्, उनले नै कमिसनको चक्करमा आफ्ना अभिभावक र बिद्यार्थीलाई रुपैडिहा पठाइरहेको हामी देखिरहेका छौं ।’
कतिपय बोर्डिङ स्कुलले त आतंक नै मच्चाएको ति स्कुल प्रिन्सिपल बताउँछन् । बोर्डिङ स्कुलको सबैभन्दा पहिला मानसिकता परिवर्तन हुनुपर्ने उनको सुझाव छ । ‘नेपाली ब्यवसायीले कपडाको गुणस्तर मापन गरेका छन्, त्यसकारण यिनले कसिमन दिन सक्दैनन्, अग्रवालको कपडामा गुणस्तर छैन, त्यहाँ स्कुललाई कमिसन छ, फरक यत्ति हो,’ उनले भने । बोर्डिङ स्कुलको कमिसन मोहले एकातिर नेपालगन्जको ब्यापार धरासायी बनिरहेको छ, अर्कोतिर यहाँका बोर्डिङ स्कुल बद्नाम भइरहेका छन् । उनीहरुले राज्यको कर छल्न सानै उमेरबाट कलिला बालबालिकालाई सिकाइरहेका छन्

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *