प्रधानमन्त्री ओलीद्वारा महोत्तरीको ऐतिहासिक रौजा मजारमा चादर अर्पण

मो. मुबश्शिर कैयूम  नेपालगञ्ज:
आज शुक्रबार साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले आज महोत्तरी जिल्लास्थित ऐतिहासिक तथा धार्मिक स्थल रौजा मजारमा पुगेर चादर अर्पण गर्नुभएको छ।

उहाँको धार्मिक भ्रमणको अवसरमा मजार शरीफ़ समितिले विशेष कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्रीको भव्य स्वागत गरेको थियो। कार्यक्रममा स्थानीय धर्मगुरुहरू, समाजसेवीहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री ओली बिहान विशेष सुरक्षा व्यवस्थासहित रौजा मजार पुग्नुभएको हो। उहाँले मजारमा फूल अर्पण गर्दै चादर चढाउनु भएको थियो। यस अवसरमा प्रधानमन्त्रीले देशमा शान्ति, एकता र समृद्धिको कामना समेत गर्नुभएको जनाइएको छ।

स्थानीय बासिन्दाहरूले प्रधानमन्त्रीको यो धार्मिक स्थलमा गरिएको भ्रमणलाई सद्भाव र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा लिएको बताएका छन्।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *