हज समितिको अध्यक्षमा मुख्तार अहमद नियुक्त

मो.मुबश्शिर कैयूम नेपालगञ्ज: गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्षमा मुख्तार अहमदलाई नियुक्त गरेका छन्। गृह मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत सिराहाको कल्याणपुर नगरपालिका–१२ निवासी अहमदलाई समितिको अध्यक्ष पदमा नियुक्त गरेको जानकारी दिएको हो।

गृह मन्त्रालय अन्तर्गत रहने हज समितिमा अध्यक्षसहित अन्य सदस्यहरूको नियुक्ति प्रक्रिया समेत अगाडि बढिने छ। नयाँ नेतृत्वसँगै हज समितिको काम कारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *