किसानलाई इत्तेहादको महाधिवेशनमा निम्तो

मो.मुबश्शिर कैयूम नेपालगन्ज :

वैशाख २० र २१ नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनका लागि किसानहरुलाई निम्तो दिइएको छ ।

बाँकेको खजुरा गाउँपालिकामा आज भएको अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा पुगेर इत्तेहादका नेता एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले इत्तेहादको राष्ट्रिय महाधिवेन बाँके मै हुने भएकोले सबै किसानलाई उपस्थितिका लागि चुलै निम्तो गरेका थिए ।

‘किसानले धेरै समस्या झेलिरहनु भएको छ, ती मुद्दाहरु समेत एकिकृत गरेर प्रधानमन्त्री समक्ष इत्तेहादको महाधिवेशनमा बुझाउन सकिनेछ’, नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका मो. हारुनले भने, ‘पार्टीका तर्फबाट किसानका सवालहरुलाई म सम्बन्धित ठाउँसम्म पुर्याउँछु ।’

‘मुस्लिम इत्तेहादको महाधिवेशन भएपछि त्यहाँ किसान, उद्योगी, व्यवसायी, पिछडिएको वर्ग, अल्पसंख्यक, थारु, जनजाति, महिला सबैको समस्याहरु उठाइने छ’, प्रधानमन्त्री केपी शर्माले महाधिवेशन उद्घाटन गर्ने भएकाले महाधिवेशन बाँकेका सवाल उठाउने प्लटेफर्म समेत आफुहरुले बनाउन खोजेको उल्लेख गर्दै उनले भने ।

बाँकेका किसानलाई निमन्त्रणा दिन अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा नेपाल मुस्लिम इत्तेहाद संठनका कोषाध्यक्ष अब्दुल करिम खान, इत्तेहादका नेतृ तलत प्रविन खान खजुरा पुगेका थिए ।

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *