
नेपालगंज — पवित्र पर्व ईदुल फित्रको आगमनसँगै आज बिहीबार साँझ नेपाली आकाशमा चाँद देखिए शुक्रबार ईद मनाइने, अन्यथा शनिबार देशभर ईद मनाइने जानकारी मुस्लिम समुदायले दिएको छ।
यसै शुभ अवसरमा नेपालगंज मुस्लिम समाज, बाँके ले कोहलपुरस्थित नौबस्ता कारागार तथा नेपालगंज कारागारमा रहेका व्रत (रोजा) बसिरहेका कैदीबन्दीहरूलाई ईदी स्वरूप नयाँ कपडा वितरण गरेको छ।
कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष मुन्ना मंसुरी, अध्यक्ष अब्दुल हकीम हल्वाई, सचिव/प्रवक्ता मेराज अहमद हिमालय तथा उपाध्यक्ष फिरोज वारसी लगायतको सहभागिता रहेको थियो।

समाजले ईदको खुशीयाली सबैले समान रूपमा अनुभूति गर्न सकून् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको जनाएको छ। साथै, अल्लाहसँग सदका ए पंजतनपाक (अ.स.) कबूल होस् भन्ने कामना समेत व्यक्त गरिएको छ।
अन्त्यमा नेपालगंज मुस्लिम समाज, बाँके ले सम्पूर्ण देशवासीहरूमा महान पर्व ईदुल फित्रको हार्दिक मंगलमय शुभकामना तथा मुबारकबाद व्यक्त गरेको छ।