
मो. मुबश्शिर कैयूम नेपालगन्ज:
रमजानुल मुबारकको २९ औं दिनसम्म पनि ईदुल फित्रको चन्द्रमा नेपालगन्ज लगायत देशभर कतै पनि नदेखिएको जानकारी दिइएको छ।
यससँगै, ईदुल फित्र आगामी चैत्र ७ गते (२१ मार्च २०२६), शनिबार मनाइने औपचारिक घोषणा गरिएको छ।
दारुल उलूम फैजुन्नबी जामा मस्जिदका प्रमुख धर्मगुरु मुफ्ती जाफर रजा मिस्बाहीका अनुसार, देशका विभिन्न स्थानबाट प्राप्त जानकारीका आधारमा चन्द्रमा नदेखिएको पुष्टि भएपछि शनिबार ईद मनाउने निर्णय गरिएको हो।
मुस्लिम समुदायमा अब शुक्रबार ३० औं रोजा पूरा गरी शनिबार ईदको नमाज अदा गरिने तयारी सुरु भएको छ।