मो. मुबश्शिर कैयूम नेपालगन्ज:
आज बिहिबार असोज ०२ गते महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आज नेपालगन्जस्थित बी.पी. चोकमा Gen-Z आन्दोलनमा सहादत प्राप्त गरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु सभापति केशर जंग शाहले भने, “Gen-Z पुस्ताले उठाएको आन्दोलनमा हामी सम्पूर्ण विद्यार्थी तथा नागरिक समाज एकजुट भएका थियौं। हाम्रो समाज भ्रष्टाचारमुक्त हुनैपर्छ भन्ने हाम्रो चाहना हो। देशका युवाहरू रोजगारीको अभावमा विदेश पलायन भइरहेका छन्, यो रोक्नु अत्यावश्यक छ।”

भदौ २३ गतेको घटनामा १९ जनाले ज्यान गुमाएका थिए। कार्यक्रममा उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै स्ववियुले सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।