दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङलाई
नेपालगञ्ज । बाँके जिल्ला हाप्किडो संघको आयोजनामा सम्पन्न दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङले जित्न सफल भएको छ ।
नेपालगञ्जमा पुष १ र २ गते सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै युनिटी डोजाङ पहिलो स्थानमा रह्यो । प्रतियोगितामा गोग्ली डोजाङले दोस्रो तथा नेपालगञ्ज डोजाङले तेस्रो स्थान हासिल गरेका छन् । टिम विजेताहरूले नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट अनुशासित टिमको उपाधि तुल्सिपुर डोजाङले प्राप्त गरेको छ । त्यसैगरी उत्कृष्ट खेलाडी (पुरुष) हेमन्त घर्ती मगर र उत्कृष्ट खेलाडी (महिला) चन्द्रकला खड्का घोषित भएका छन् ।
यसैगरी उत्कृष्ट रेफ्री (पुरुष) मुनाल रसाइली र उत्कृष्ट रेफ्री (महिला) रिता सुनार चयन भए । उत्कृष्ट प्रशिक्षक (पुरुष) सुशिल थारु र उत्कृष्ट प्रशिक्षक (महिला) ऐलिसा खड्का घोषित भएका छन् ।
बिजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, खजुरा गाउँपालिकाका प्रशासकीय अधिकृत दिल बहादुर पौडेल, नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर, उपमहासचिव मो मोहसिन हल्वाई, समिर केन्द्रीय सदस्य राजेन्द्र मडाईलगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम बाँके जिल्ला हाप्किडो संघकी अध्यक्ष गंगा कुमारी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको औपचारिक कार्यक्रमको सञ्चालन रमेश हम्जालीले गरेका थिए भने सहजीकरण अनिता डागीले गरेकी थिइन् ।