स्वागत, सम्मान तथा सदस्यता वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

बाँके, असार ७। नेपाल युवा क्लब बाँके केन्द्रीय कार्यालयको आयोजनामा खजुरा गाउँपालिका–२ स्थित खजुरा बाल संरक्षण गृहमा स्वागत, सम्मान तथा सदस्यता वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा क्लबका नवआगन्तुक सदस्यहरूलाई स्वागत गर्नुका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएका प्रकाश रेग्मी लाई सम्मान–पत्र प्रदान गरिएको थियो। साथै संस्थाको विकास तथा सामाजिक सेवामा योगदान दिने सदस्यहरू तथा बाँके जिल्ला हाप्किडो संघद्वारा आयोजित तेस्रो प्रोफेस्नल नेसनल हाप्किडो च्याम्पियनसिप २०८३ मा स्वर्ण, रजत तथा कांस्य पदक हासिल गर्ने खेलाडीहरूलाई सम्मान–पत्र वितरण गरी सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल युवा क्लब बाँके केन्द्रीय कार्यालयका अध्यक्ष मो. मोहसिन हल्वाई ले युवाहरूलाई सामाजिक रूपान्तरण, नेतृत्व विकास तथा मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै संस्थाले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा समाजमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका–२ का वडा अध्यक्ष धनराम ले युवाहरूको क्षमता अभिवृद्धि तथा समाजसेवामूलक गतिविधिमा नेपाल युवा क्लबले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। अन्य वक्ताहरूले महिला तथा बालबालिका संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद प्रवर्द्धन, घरेलु हिंसा न्यूनीकरण तथा मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान सञ्चालनमा संस्थाको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरेका थिए।

सो अवसरमा संस्थाका पदाधिकारी, सदस्य, सामाजिक अभियन्ता, स्थानीय बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममार्फत नयाँ सदस्यहरूलाई संस्थाको उद्देश्य, नीति तथा भावी कार्ययोजनाबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रमको अन्त्यमा सम्मानित व्यक्तित्व तथा खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै समाजसेवा, खेलकुद, शिक्षा तथा युवाहरूको सशक्तीकरणमा अझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो। आयोजकले सहभागी सम्पूर्ण अतिथि, सहयोगी संस्था तथा सञ्चारकर्मीहरूप्रति धन्यवाद व्यक्त गरेको थियो

Share this article

Leave a Reply

Your email address will not be published. Required fields are marked *