मो.मुबश्शिर कैयूम नेपालगन्ज:
आज शनिबार जेठ ३ गते जननेता मदन भण्डारीको स्मृति दिवसको अवसरमा ‘जनताको बहुदलिय जनवाद र सञ्चार’ विषयक बहसमूलक कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमकाे प्रमुख आतिथ्यतामा आज भेरी होटल, राँझामा सम्पन्न भएको छ। कार्यक्रममा बहुदलीय जनवादको सिद्धान्त, वर्तमान सञ्चारको भूमिका, र यसको सामाजिक तथा राजनीतिक प्रभावबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको आयोजना प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिले गरेको हो भने प्रेस चौतारी नेपाल बाँके शाखाले समन्वयको भूमिका निर्वाह गरेको थियो।
सञ्चारकर्मी, राजनीतिक विश्लेषक, बुद्धिजीवी, तथा युवा वर्गको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विभिन्न वक्ताहरूले मदन भण्डारीको योगदान र उनको दृष्टिकोणमा सञ्चारको भूमिका कसरी महत्वपूर्ण रहन आएको थियो भन्नेबारे धारणा राखेका थिए।

वक्ताहरूले जनताको बहुदलीय जनवादलाई सशक्त बनाउन स्वतन्त्र, उत्तरदायी र जनमुखी सञ्चार माध्यमहरूको आवश्यकता औंल्याए। साथै, वर्तमान डिजिटल युगमा सामाजिक सञ्जालले पुर्याएको प्रभावबारे पनि बहस भएको थियो।
कार्यक्रमले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म बहस र संवादको संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।